एकाबिहानै टर्किस एयरले गर्यो इमाडोलको आकाशबाट ‘ओभरसुट’


काठमाडौं – टर्किस एयरको विमान इमाडोलको आकाशबाट ‘ओभरसुट’ गरेको छ ।

इस्तानबुलबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन विमानस्थलमा बिहान ६ः१० मा अवतरण गर्नुपर्ने विमान इमाडोलनजिकै आएपछि एक्कासी ‘ओभरसुट’ गरेको देखिएको थियो ।

त्यसबारे अवतरणका लागि विमानस्थल नजिकै पुगेको विमान अवतरणको क्रममा एक्कासी ‘ओभरसुट’ किन गर्यो त्यसबारे विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।

कहिलेकाहिँ अवतरणका क्रममा पाइलटलाई केही शंका लागेमा ‘रिस्क’ नलिई सुरक्षित अवतरणका लागि एक्कासी उचाई लिन सक्ने भएकोले त्यस्तै भएको हुनसक्ने एक हवाई विज्ञले जनाए ।

उक्त विमान काठमाडौंको आकाश घुमेर ६ः२० मा अवतरण गरिसकेको छ ।

प्रतिक्रिया