१५ दिनको अन्तरमा दोस्रो हवाई दुर्घटना, २३ जनाले गुमाए ज्यान


काठमाडौं- यहि साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाकाे ज्यान गएकाे थियाे । काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरको जहाज काठमाडौं विमानस्थलमै दुर्घटना हुँदा चालक मनिषरत्न शाक्यबाहेक सबै १८ जनाले ज्यान गुमाएका थिए ।

साे दुर्घटना भएकाे १५ दिनको अन्तरालमा नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित गुर्जेमा भएको दुर्घटनामा सवै ५ जनाको मृत्यु भएको छ । क्याप्टेन अरुण मल्लले सो हेलिकोष्टर उडाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । उनीबाहेक हेलिकोप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । जसमा यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी रहेका छन् ।

यसरी १५ दिनको अन्तरमा नेपालमा लगातार दुईवटा हवाइ दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन् ।

 

प्रतिक्रिया