

१६ महिना अगाडि ठुलो दुर्घटनाबाट जोगिएको थियो एयर डाइनेस्टीकाे हेलिकोप्टर, आज पूरै जल्यो

काठमाडाैं- बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको ९एन–एजेडी हेलिकाेप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । क्याप्टेन अरुण मल्लले सो हेलिकोष्टर उडाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । उनीबाहेक हेलिकोप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । जसमा यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी रहेका छन् । हेलिकोप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। हेलिकोप्टर पूर्णरुपमा जलेको अवस्थाम फेला परेको छ ।
साेही हेलिकाेप्टर यसअघि पनि दुर्घटनामा परेकाे खुलेकाे छ । २०७९ चैत २९ मा ह्याम्स अस्पतालमा अवतरणका क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेकाे थियाे । हेलिकप्टरको पुच्छरको भाग ठोक्किएर दुर्घटना भएको थियो । घटनामा कोही घाइते नभएपिन हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियाे ।
हेलिकप्टर डाक्टर लिएर बिरामी लिनका लागि भरतपुर जानका लागि विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको थियो ।
यो पनि:

