

चाइनिज पुर्याएर अमेरिकन लिन जाँदै थियो हेलिकाेप्टर, उडेको ३ मिनेटमै टावरसँग सम्पर्कविच्छेद

काठमाडौं- नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीकफ हेलिकप्टर दुर्घटनामा चारजना यात्रुसहित पाइलटको मृत्यु भएको छ । चार जना चाइनिज र एक नेपालीको मृत्यु भएको हाे ।
शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए । उनीबाहेक हेलिकोप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । जसमा यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणक सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार हेलिकोप्टरले चाइनिजलाई रसुवाको स्याफ्रुवेसीका पुर्याएर अमेरिकनलाई लिएर फर्कने तयारी थियो । तर, काठमाडौंबाट १ बजेर १४ मिनेटमा उडेको हेलिकोप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो।

