

नेपालसहितका एमालेका चार नेतालाई तीन दिनको म्याद, घरघरमै पुगेर थमाइयो पत्र

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधेका छन् ।
पार्टीको निर्णयअनुसार एमाले महासचिव पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्।
पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्याइएको जनाइएको छ ।
पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको जनाइएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

