लगातारको वर्षापछि हात्तिवन क्षेत्र डुबानमा, मेरो सिटी अपार्टमेन्टको ‘ग्राउन्ड फ्लोर’ डुब्यो (भिडियोसहित)


काठमाडौं — लगातारको वर्षाका कारण राजधानीका विभिन्न भाग डुबानमा परेका छन् ।

बिहानैदेखि परेको वर्षाका कारण ललितपुरको कर्मनासा खोलाले सतर्कता तह पार गरि किनारका क्षेत्र डुबानमा परेका छन् ।

खोला भरिएर आएको बाढीले हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्ट क्षेत्र डुबानमा परेका छ । उक्त अपार्टमेन्टको भुइँतलामा बाढी पसेको र लिफ्टसमेत बन्द भएको स्थानीय तेजी कुँवरले बताइन् ।

त्यसका साथै हात्तिवनमै रहेको आईजीपानीयर स्कुलमा पनि बाढी पसेको उनले जनाइन् ।

बिहानैदेखि परेको भारी वर्षाका कारण राजधानीका अन्य नदीहरुले पनि सतर्कता तह पार गरिसकेका छन् । नदी किनारका बस्तीहरु डुबानमा परेका छन् । यतिबेला राजधानीको हात्तीवन क्षेत्र, गोंगबु क्षेत्रका साथै बल्खु क्षेत्रमा पनि बाढीका कारण नदीकिनारका वस्तीमा बाढी पसेको छ ।

प्रतिक्रिया