तल्लो अरुण निर्माणका लागि १ खर्ब लगानी स्वीकृत


काठमाडौं – भारतले नेपालको जलविद्युतमा लगानी हुने झण्डै १ खर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

साउन १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिला सम्बन्धी मन्त्रिपरिषदको बैठकले सतलज जलविद्युत निगम (एसजेभीएन) ले निर्माण गर्न लागेको तल्लो अरुणे जलविद्युत आयोजनालाई ५ हजार ७९२ करोड भारु (९२ अर्ब ६७ करोड रुपैयाँ) स्वीकृत गरेको हो ।

यो जलविद्युत आयोजनाले २९०० मिलियन युनिट विद्युत वार्षिक उत्पादन गर्नेछ । भारत सरकारले लगानी स्वीकृत गरेसँगै कम्पनीलाई परियोजनाको काम अघि बढाउने बाटो खुलेको छ ।

 

प्रतिक्रिया