कांग्रेसले तोक्यो ३७ विभाग प्रमुख, कुन विभागको प्रमुखमा को ?


काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले ३७ विभागका प्रमुख तोकेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार संस्थापन र संस्थापनइतर पक्षबाट प्रतिनिधित्व हुने गरी विभाग प्रमुखहरू मनोनित गरेका हुन् ।

कांग्रेसको विधानले विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई दिएको छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । कांग्रेसमा ७० वटा विभाग छन् । यसअघि १७ वटा विभागका प्रमुख तोकिसकिएका छन् ।

कुन विभागको प्रमुखमा को ?

राज्य प्रशासन विभाग – गोविन्द भट्टराई
स्थानीय तह समन्वय विभाग – मधु आचार्य
अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग -मानबहादुर विश्वकर्मा
संघीय मामिला समन्वय विभाग – चन्द्रबहादुर के।सी।
संसदीय मामिला विभाग – गोविन्दबहादुर शाह
कानून विभाग – मानबहादुर नेपाली
विद्यार्थी विभाग – राजीव ढुंगाना
पेशागत तथा वुद्धिजीवी विभाग – डा. डिला संग्रौला
शिक्षा विभाग – नैनसिंह महर
स्वास्थ्य विभाग – डा. चन्द्रमोहन यादव
निर्माण व्यवसाय समन्वय विभाग – मदनबहादुर अमात्य
सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग – शिवप्रसाद हुमागाँइ
कृषि तथा किसान विभाग – उमेश श्रेष्ठ
खेलकूद विभाग- उमेशजंग रायमाझी
प्राकृतिक स्रोत विभाग – तारामान गुरुङ
साहित्य, कला तथा संस्कृति विभाग – विद्यादेवी तिमिल्सीना
दलित समुदाय समन्वय र सशक्तिकरण विभाग – लक्ष्मी परियार
द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग – कृष्णकिशोर घिमिरे
मुस्लिम विभाग – मैकुलाल वाल्मिकी
वित्तिय संस्था समन्वय विभाग- कर्णबहादुर बुढा
विज्ञान तथा सूचना प्रविधि विभाग- सुशीला मिश्र भट्ट
भू.पू. सैनिक विभाग – महेन्द्र कुमारी लिम्बू
आर्थिक नीति तथा योजना विभाग – प्रा.डा. गोविन्दराज पोखरेल
शुभेच्छुक संस्था समन्वय विभाग – अब्दुल सत्तार
श्रमिक तथा ट्रेड युनियन विभाग – हरिशरण नेपाली
भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग- नृपबहादुर वड
मानव अधिकार विभाग -धना खतिवडा
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग – कल्याणकुमार गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग -अनिलकुमार रुंगटा
बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग – डा. जीवन राना
नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग – लक्ष्मी खतिवडा
व्यवसायिक सिप विकास विभाग – गंगालक्ष्मी अवाल
विपन्न उत्थान समन्वय विभाग – डा. गोपाल दहित
सामाजिक संघ संस्था समन्वय विभाग – अर्जुनप्रसाद जोशी
पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग – अजयवावु शिवाकोटी
धर्म–संस्कृति समन्वय विभाग – ध्यानगोविन्द रञ्जित
पूर्व आप्रवासी समन्वय विभाग – दिनेश कोइराला

प्रतिक्रिया