पूर्वराज्यमन्त्री यादव एमालेमा प्रवेश, ओलीले गरे स्वागत


काठमाडौँ – नेकपा एसका नेता एवं पूर्वराज्यमन्त्री नागेन्द्र राय यादव एमाले प्रवेश गरेका छन् ।

उनी केही समयअघि मधेसमा मन्त्री बनेका थिए । आइतबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनीसहित मधेसमा विभिन्न दलका नेता तथा कार्यकर्तालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

सो क्रममा अध्यक्ष ओलीले इमान्दारीताका साथ पार्टी, देश र जनतामा केन्द्रित भई काम गर्न निर्देशन दिएका छन् । गुटका पछाडि नभई पार्टीका पक्षमा दृढ रूपमा उभिनुपर्ने भन्दै उनले विभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको बताए ।

एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरी नेकपा एस अघि बढेकाले मूल घर फर्किएको बताए ।

प्रतिक्रिया