चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल सम्मानित


काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लब इन्टरनेशनलद्धारा सम्मानित भएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा क्लबले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो । व्यावसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरूप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेशनले जनाएको छ ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल एवं लायन्स इन्टरनेशनलका पदाधिकारीले मल्ललाई संयुक्तरुपमा सम्मान गरेका थिए । अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् ।

लायन्स इन्टरनेशनलद्वारा सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए ।

लायन्स जस्ता संस्थाले जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उहाँको भनाई छ । लायन्स इन्टरनेशनले अध्यक्ष मल्ल सहित कला र खेलकुद एवं शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूलाई समेत सम्मान गरेको थियो ।

प्रतिक्रिया