
सुनको मुल्य घट्योे, तोलाको कति ?
काठमाडौँ – आज सोमबार सुनको मुल्य २ सय रुपैयाले घटेको छ । हिजो आइतबार तोलको ८७ हजार दुई सयले कारोबार भएको छापावाला सुनको मुल्य सोमबार २ सयले घटेर प्रतितोला ८७ हजारमा कायम छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रुपैंया रहेको छ ।
आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।



कागजपत्र |
