भारतीय कथावाचक अनिरुद्धाचार्य पशुपतिमा


काठमाडौं-  भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौँ आइपुगेका छन् ।

पशुपति कोटिहोम महायज्ञमा सहभागी हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आशीर्वचन पनि राख्ने बताइएको छ ।

डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य महाराज भारत प्रस्थान गर्ने कार्यसूची छ ।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन् ।

उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौँ भक्तजनहरूको सहभागिता हुने गरेको छ ।

 

प्रतिक्रिया