

पोखरा उडेको बुद्ध एयर पुनः काठमाठौं फर्किएपछि …

काठमाडौं – काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौं फर्किएको छ।
शुक्रबार अपरान्ह काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन– एएमडीमा बुद्धको जहाज काठमाडौंमा नै फर्किएको हो।
जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौंमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले बताए।
काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन काठमाडौं नै आएर अवतरण गरेको उनले बताए । यात्रु र जहाजमा भने केही क्षति नभएको पनि झाले बताए ।

