अमेरिकाले हल्लायो भारतीय बजार, ४.५६ लाख करोड स्वाहा !


काठमाडाैं- अमेरिकामा आएको मन्दीको डरले भारतीय शेयर बजारमा ठूलो गिरावट आएको छ । कयाैं ठूला सेयर ५ प्रतिशतले घटेको छ । मारुती सुजुकीको सेयरको मूल्य १२,००० रुपैयाँभन्दा बढी थियाे ।  यो ५ प्रतिशतले घटेको छ ।  बीएसई सेन्सेक्सका शीर्ष ३० स्टकमध्ये यो सबैभन्दा बढी घटेको हाे ।

अमेरिकी शेयर बजारमा बिहीबार ठूलो गिरावट आएको थियो, जसको प्रभाव आज अर्थात शुक्रबार भारतीय शेयर बजारमा पनि देखिएको छ । सेन्सेक्स ८८५.६ अंक वा १.०८ प्रतिशत घटेर ८०९८१.९६ मा मा बन्द भयो। निफ्टी ५० को कुरा गर्दा २९३.२० अंकले घटेर २४,७१७.७० मा बन्द भयो । जहाँ दिनको सबैभन्दा न्यून स्तर २४,६८६.८५ रहेको थियो ।

सेन्सेक्स ६३१ अंकले घटेर ८१२३५ स्तरमा खुल्यो भने निफ्टी५० २२७ अंकले घटेर २४,७८३ मा खुल्यो । बिहीबार सेन्सेक्स ८१,८६७.५५ मा खुल्यो । बिहीबार सेन्सेक्स 81,867.55 मा बन्द भयो, जबकि निफ्टी 25000 अंक माथि बन्द भयो ।

बीएसई सेन्सेक्सका शीर्ष ३० शेयरमध्ये सबैभन्दा ठूलो गिरावट मारुती सुजुकीको शेयरमा आएको छ । शुक्रबार ४.६३ प्रतिशतले घटेर १२७३०.९५ रुपैयाँमा बन्द भयो । टाटा मोटर्सको शेयर आज ४.१७ प्रतिशतले घटेर १०९६.९० रुपैयाँमा बन्द भयो । जेएसडब्ल्यू स्टिलको शेयर करिब ४ प्रतिशत र टाटा स्टिल ३ प्रतिशतले घटेर बन्द भयो । यसपछि एलएण्डटीको शेयर ३ प्रतिशतले घटेको छ । कुल ३० शेयरमध्ये २५ शेयर घटेका छन् भने बाँकी ५ शेयरको मूल्य भने सामान्य बढेको छ ।

लगानीकर्ताले गुमाए ४.५६ लाख करोड रुपैयाँ 
सेन्सेक्समा आएको भारी गिरावटका कारण शुक्रबार बीएसईको मार्केट क्याप ४.५६ लाख करोड रुपैयाँले घटेर ४५७.०६ लाख करोड रुपैयाँ पुगेको छ। यस्तो अवस्थामा बीएसई अन्तर्गत लगानीकर्ताको मूल्य ४.५६ रुपैयाँले घटेको छ।

वास्तवमा अमेरिकामा मैन्युफ्याक्चरिङ पीएमआई डाटामा ठूलो गिरावट आएको छ । जसले अमेरिकामा मन्दी आउन सक्ने संकेत गरिरहेको छ । यसका साथै बेरोजगारको संख्यामा पनि कीर्तिमानी वृद्धि भएको छ। जसको प्रत्यक्ष असर अमेरिकी बजारमा परेको छ । साथै आईटी क्षेत्रमा कर्मचारी कटौतीको घोषणाले गर्दा संकट गहिरिएको छ ।

प्रतिक्रिया