भीरबाट लडेर दार्चुलाकी गुमाको मृत्यु


दार्चुला – दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बेडीपातलकी अन्दाजी ३५ वर्षीया गुमा ठगुन्नाको मृत्यु भएको हो ।

बिहिवार बिहान पातिहाल्नेडाँडा भन्ने स्थानमा घाँस काट्ने क्रममा ठगुन्नाको लडेर घट्नास्थल मै मृत्यु भएको स्थानीय नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।

प्रतिक्रिया