कोशी अस्पतालबाट कैदी फरार


काठमाडाैं- कोशी अस्पतालबाट एक जना कैदी फरार भएका छन् । पेटकाे बिरामी भएर उपचारका लागि अस्पताल भर्ना गरिएका कैदी २४ वर्षीय आर्यन मोहमद अहमद खान भएका हुन् ।

बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । उनी जिल्ला कारागार मोरङमा  कैद सजाय भुक्तान गरिरहेका थिए ।

शाौचालयबाट निस्किँदा प्रहरीलाई धकेल्दै लडाएर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले बताए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।

प्रतिक्रिया