कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु


कञ्चनपुर-  बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान १० बजे दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ कमलशा टोलमा २० वर्षकी हिरा शाहकाे बाघकाे आक्रमणबाट मृत्यु भएको हाे ।

धान गोड्ने क्रममा शाहलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जाेशीले बताए ।

महिलाको खोजतलास गर्दै जाँदा उखुबारीमा शव फेला परेको थियो।

प्रतिक्रिया