पार्टी कार्यालयमा बाढी पसेपछि एमाले सचिवालय बैठक होटल बसेरामा


काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेपछि बैठक बसेरामा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय पनि गर्नेछ ।

प्रतिक्रिया