

डोल्पामा बिरामी परेका असईलाई बोकेर आएको हेलिकप्टर खेतमा आकस्मिक अवतरण

सुर्खेत- डोल्पाबाट बिरामी ल्याएर आएको एउटा हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको लेकवेशी नगरपालिका–६ मा अवतरण गरेको हो ।
लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो । तर, बाटोमै मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनले बिरामीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको बताए ।
हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको थियो । मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत विमानस्थल पुर्याइएको छ ।

