
ओखरको दानामा जुवा, के हो ओखर खेल?
काठमाडौं – पछिल्लो समय राजधानीमा पनि जुवाको रूपमा ओखर(जुवा) खेल्न थालिएको छ। झट्ट सुन्दा नयाँ लाग्ने खेल भएपनि यो नेपालको परम्परागत खेल हो । खास्सै चर्चामा नआएपनि साधारण जुवाभन्दा ओखर जुवालाई असमान्य मानिन्छ ।
तिहारको समयमा ओखर सबैभन्दा बढी खेल्ने गरिन्छ । विशेषत: घरबाहिर खेलिने खेल मध्ये ओखर खेल पर्छ । यो खेल खेल्नका लागि ओखर, चुना र खोपिको आवश्यकता पर्छभने ओखरको दाना अनुसार खेलाडीको संख्या मापन गरिन्छ ।
सामन्यतया ४ देखि ८ जनासम्मले खेल्ने भएपनि ओखरको दाना अनुसार खेलाडीले यसमा सहभागीता जनाउने गर्छन् ।
यो खेलका लागि सुरुमा एउटा गोलो घेरा कोरिन्छ । त्यहीँ गोलो घेराभित्र चारपाटे बाकस जस्तो रेखा कोरिन्छ । त्यसपछि गोलो घेराभन्दा १ मिटर जति तल एउटा सानो रेखा कोरिन्छ । रेखा कोरी सकिएपछि चारपाटे रेखाभित्र एउटा खोपी बनाईन्छ र खेलाडीको संख्या अनुसार प्रत्येक खेलाडीका लागि १/१ वटा ओखरको दाना त्यस खोपीमा हालिन्छ । त्यहाँ खेल्ने खेलाडीहरुले खोपी बाहिरको रेखाबाट ओखरको दाना फाल्छन् र जसले खोपी भित्रको ओखरको दाना बाहिर फाल्न सक्यो उहीँ विजेता हुन्छ ।
जुन खेलाडीले ओखर हान्छ उसले हानेको ओखरसँगै आफूले रोजेको खोपी भित्रको ओखर बाहिर निकालेपछि सो खेलाडीको जीत हुने यो खेलको नियम रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सो खेलमा ओखरको दाना फ्याल्ने र जोर आएपछि उसले जित्ने, बिजोर आएपछि सो खेलमा रहेका अन्यलाई पैसा दिनुपर्ने सो खेलको सामान्य नियम रहेको बताए। उनका अनुसार सोमबार मात्रै सो खेल खेलिरहेका केही व्यक्तिलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको हुँदा खेल बारे केही समयपछि थप जानकारी आउने बताएका छन् ।
प्रहरीले पछिल्लो समय यो खेलमा निगरानी बढाएको छ । प्रहरीले ओखर खेल्नेलाई पक्राउसमेत गर्न थालेको छ। सोमबार मात्रै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ओखर खेलिरहेका ९ जना व्यक्तिलाई १० लाख ११ हजार नगदसहित नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई काठमाडौं महानगर-४ चुनदेवीबाट १३ ओटा ओखरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ओखर खेलिरहेका ९ जना प्रहरीको फन्दामा, १० लाखबढी नगद बरामद



कागजपत्र |
