आमा-छोरा कुटाइबाट एक पुरूषको मृत्यु


धनुषा – धनुषामा आमा-छोराको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

धनुषाधाम नगरपालिका–२ मंगलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको हो ।

स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर मुखियाले घरमै गएर ठाकुर दम्पत्तीलाई सोमबार कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका भोगेन्द्रको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया