मन्त्रीपरिषद् बैठकः ठूलो संख्यामा सचिवहरुको जिम्मेवारी हेरफेर हुँदै, एआईजीको पनि सरुवा हुने


काठमाडौं – नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आजको मन्त्रीपरिषद् बैठकमा सचिवहरुको जिम्मेवारी हेरफेरको तयारी गरेको छ ।

नियमित रुपमा सोमबार बस्ने बैठकले ठूलो संख्यामा नेपाल सरकारका विशिष्ठ श्रेणीका सचिवको जिम्मेवारी हेरफेर गर्ने बारे छलफल गरी निर्णय गर्नेछ ।

त्यसका साथै बैठकले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को पनि सरुवा गर्ने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो मन्त्रीपरिषद्को बैठकले मन्त्रीपरिषद्को निर्णयहरु २४ घन्टापछि सार्वजनिक गर्ने निर्णय गरेसँगै आजको बैठकका निर्णयहरु भोलीसम्म सार्वजनिक हुने अनुमान छ ।

प्रतिक्रिया