१० वर्ष कान्छा भतिजाको मायामा परिन् काकी, परिवारले विरोध गरेपछि…


काठमाडाैं- एक महिला आफूभन्दा १० वर्ष कान्छा भतिजासँग प्रेम गरिन् । तर, परिवारले त्यसको विरोध गरे । परिवारले ती युवकको विवाह अन्यत्र तय गरेपछि दुवैले आत्महत्या गरेका छन् । याे घटना भारतकाे  उत्तर प्रदेशस्थित गोंडाकाे हाे ।

उनीहरूबीचकाे सम्बन्धकाे विरोध भएपछि महिला र उनका भतिजाले आइतबार चलिरहेको रेलको अगाडि हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जानकारी अनुसार विधवा पुष्पादेवी (३२) दुई सन्तानसहित इटियाथोक क्षेत्रमा रहेको आफ्नो ससुरालमा बस्दै आएकी इटियाथोक प्रहरी चौकीका इन्चार्ज दुर्गविजय सिंहले बताए । उनको २२ वर्षीय भतिजा रवीन्द्र कुमारसँग सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

तर, परिवारका सदस्यहरू त्यसको विरोध गर्दै उनको विवाह अन्यत्र गराउन चाहन्थे । यसबाट पुष्पा रिसाएकी थिइन् । त्यसपछि आइतबार दिउँसो कठुवा रेलवे क्रसिङ नजिकै पुष्पा र रविन्द्रले रेलको अगाडि हामफालेर आत्महत्या गरेका थिए । पुष्पाका आठ वर्षीय छोरा र तीन वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया