समयमै काम नसक्ने ५२ निर्माण कम्पनीसँगको ठेक्का तोड्दै सरकार
काठमाडाैं- सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँ डिभिजन चरिकोटले समयमै निर्माण सम्पन्न नगर्ने ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको जनाएको हो ।
समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भन्दै कार्यालयले स्पष्टीकरण समेत मागेको छ ।