श्रीलंका बन्यो महिला एसिया कप च्याम्पियन


काठमाडौं – भारतलाई हराउँदै आयोजक श्रीलंकाले महिला एसिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ ।

आज भएको फाइनलमा श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायो । श्रीलङ्काकी हर्षिथा समराविक्रमाले नट आउट ६९, कप्तान चमारी अथपथ्थुले ६१ रन बनाइन् । भारतकी दिप्ती शर्माले १ विकेट लिइन् ।

यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतकी स्मृति मन्धानाले ६०, रिचा घोषले ३०, जेमिमा रोड्रिगेजले २९ रन बनाइन् । श्रीलङ्काकी कविशा दिल्हारीले २ विकेट लिइन् । श्रीलङ्काले पहिलो पटक उपाधि जितेको हो । यसअघि पाँच पटक फाइनलमा पुगेको श्रीलङ्का उपविजेतामै सीमित भएको थियो ।

प्रतिक्रिया