वर्षाले घर भत्किएर च्यापिएकी किशोरीको उद्धार


सुर्खेत – सुर्खेतमा वर्षाले घर भत्किएर च्यापिएकी एक किशोरीको उद्धार गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर-१३ स्थित करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किएपछि च्यापिएकी शुशिला बुढाको उद्धार गरिएको छ ।

प्रहरीले करिब १५ बर्षकी बुढाको सकुशल उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याईएको छ ।

प्रतिक्रिया