भौतिक संरचनामा सुधार गर्न आवश्यक छः गृहमन्त्री लेखक


काठमाडौं – गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालय अन्तर्गतका निकायहरुको भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

आज (आइतबार) सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने, ‘समितिमा उठेका कुरा सबै ठिकै छन् । तर भौतिक संरचनाको कुरा सबैभन्दा राम्रो छ र यसलाई हामीले सुधार गर्नु आवश्यक छ । स्वास्थ्य र सरसफाइको कुरामा पनि सरकारले गम्भीर तरिकाले सोचेको छ । भौतिक संरचना जीर्ण छन् । कम छन् । ठाउँ कम छ । बढी संख्यामा कैदिबन्दी राख्नुपर्ने स्थिति छ । त्यहीँ भएर स्वस्थ्य र सरसफाइको समस्या स्वतःउत्पन्न हुने भएकाले त्यसमा काम गर्नुपर्छ ।’

साथै, लेखकले सुरक्षा व्यवस्थाको कुरा पनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गरे । उनले सवारी साधनबाट लिएर पुस्तकालयसम्मको कुरामा पनि सरकारलाई ध्यानाकर्षण गरिने बताए ।

प्रतिक्रिया