

प्रि-ओपन सेसनमा नेप्से बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढेको छ ।
यससँगै सूचक २६०६.४१ विन्दुमा आएको छ । ९ करोड ६८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।
१९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ ।
कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो ।

