हरेक वर्ष घट्दै इटालीको जनसङ्ख्या


काठमाडौं- इटालीको कुल जनसङ्ख्या २०५० सम्म करिब ४० लाखले घटेर ५ करोड ४० लाख पुग्ने स्ट्याटले जनाएको छ । देशको राष्ट्रिय तथ्याङ्क संस्थान स्ट्याटले सन् २०१४ मा ६१.३१ मिलियनमा पुगेको इटालीको जनसङ्ख्या हरेक वर्ष घट्दै गएको बताएको छ ।

हाल जनसङ्ख्या ५८.८७ मिलियन रहेको छ । डाटा साइट वल्र्डोमिटरका अनुसार सन् २०१४ देखि ०.०२ प्रतिशतले बढेको देशको औसत जनसङ्ख्या वृद्धि दरमा वृद्धि भएको छैन । औसत उमेर पनि बढ्दै गएको छ ।

जसले वल्र्डोमिटरले उपलब्ध गराएको ४७।७ को वर्तमान औसत उमेरको तुलनामा शताब्दीको मध्यसम्ममा औसत उमेर ५०.८ वर्ष हुने अनुमान गरेको छ ।

तथ्याङ्क अनुसार सेवा निवृत्त कामदारहरूको अनुपातमा समस्या छ ।

प्रतिक्रिया