मुम्बईमा तीन तले भवन भत्कियो


काठमाडौं- भारतको महाराष्ट्रस्थित नवी मुम्बईको शाहबाज गाउँमा तीन तले भवन भत्किँदा त्यहाँ बस्ने धेरै मानिस फसेको आशंका गरिएको छ ।

दुई जनालाई बाहिर निकालिएको छ । भवनमा ३९ वयस्क र १३ बालबालिका बस्दै आएका थिए।

भवनमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको अधिकारीहरूले बताएका छन् । नवी मुम्बई नगर निगमका आयुक्त कैलाश शिन्देले बिहान पाँच बजे भवन भत्किएको बताए ।

प्रतिक्रिया