

भारतको लोकसभाका सभामुखलाई कोरोना पुष्टि

नयाँदिल्ली – भारतीय लोकसभाका सभामुख ओम बिरलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भेटेको भोलिपल्ट लोकसभाका सभामुख बिरलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
दिल्लीको अल इण्डिया एन्स्टिट्युट अफ मेडिकल साइन्सेस् (एम्स्) ले आइतबार एक विज्ञप्ति जारी गर्दै बिरलालाई संक्रमण भएको जानकारी दिएको हो ।
शुक्रबार गरिएको परीक्षणमा बिरलालाई संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई एम्स्को कोभिड वार्ड भर्ना गरिएको हो । बिरलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको एम्स्ले जनाएको छ ।

