दुर्गाप्रसाद तिम्सिना: ४० वर्षपछि छोरा भेट्दा ८५ वर्षीया आमा भईन् खुसी


इलाम – ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताएर दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले आफ्नी आमालाई भेटेका छन् ।

४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताएर तिम्सिना आईतबार आफ्नो जन्म ठाउँ इलाम माइ नगरपालिका वडा नम्बर १० लुम्बाकस्थित घर आई पुगेका छन् । घर पुगेसँगै उनले आमालाई भेटेका हुन् ।

वर्षौंदेखि अलग्गिएको छोरासँग भेट हुँदा ८५ वर्षीया आमा धनमाया खुसी भएकी छन् । दुर्गाप्रसादको पर्खाइमा उनकी आमा, आफन्त र गाउँले नै भेला भएर उनलाई पर्खिरहेका थिए ।

अदालतको आदेशपछि शनिबार दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) कोलकातास्थित दमदम जेलबाट मुक्त गरिएका थिए । दुर्गा प्रसादलाई लिन उनका भाइ प्रकाशचन्द्र, कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतिश थापालगायतको टोली कोलकाता पुगेका थिए ।

प्रतिक्रिया