सौर्य एयरको जहाज दुर्घटनामा परेकाको शव भोलिसम्म आफन्तलाई बुझाइने


काठमाडौं – सौर्य एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ शव आफन्तले भोलिमात्रै पाउने भएका छन् । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार सबैको डीएनए परीक्षण गरेर पहिचान गरिने छ ।
बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी सौर्य एयरका प्राविधिकसहित १८ जनाको ज्यान गएको थियो । क्याप्टेन मनिषरत्न शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।
उनको उपचार जारी छ । स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया