प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो।

दुर्घटनाको विषयमा छलफल र निर्णय गर्नका लागि बुधबार साँझ ५ बजे आकस्मिक बैठक बोलाइएको हो।

सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेको बताईएको छ ।

बैठकले छानबिन समिति बनाउने सम्भावना छ। विमानमा चालक दलका सदस्यसहित १९ जना थिए।

यसमध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया