जहाज दुर्घटनामा भएको क्षतिप्रति उत्तराखण्डका मुख्यमन्त्री धामीद्वारा दुःख व्यक्त


काठमाडाैं- भारतकाे उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति दु:ख व्यक्त गरेको छन् । समाजिक सञ्जाल एक्समार्फत उनले  दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

‘काठमाडौं (नेपाल) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा धेरै यात्रुको मृत्यु भएको खबर अत्यन्तै हृदयविदारक छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना छ । विनम्र श्रद्धाञ्जली !’ उनले लेखेका छन् ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज उड्नेवित्तिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिष शाक्य घाइते भएका छन् ।

मर्मतका लागि पोखरा लैजान लागिएको जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीसहित १८ जना यात्रु र पाइलट मनिष शाक्य गरी १९ जना थिए ।

प्रतिक्रिया