

देउवाप्रति असन्तुष्ट पौडेल पक्षले बोलायो छुट्टै भेला

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको भन्दै पौडेलले भेला बोलाएका हुन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएको पौडेलको पक्षको भनाइ छ। उनले आफ्नो निवासमा नै नेताहरुलाई बोलाएका हुन् ।
बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा.मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ ।

