
सौर्य एयरलाइन्सकाे दुर्घटनाग्रस्त जहाजका पाइलट थिए मनीष शाक्य
काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । अहिले सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ ।
जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना भएको खबर आएको छ।
बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।



कागजपत्र |
