सर्वोच्च अदालतमै महिला प्रहरीमाथि कुटपिट


काठमाडाैं- सर्वोच्च अदालतमै महिला प्रहरीमाथि कुटपिट भएकाे छ । कुटपिट गरेको आरोपमा रीता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले महिला प्रहरी जवान नन्दी खड्कालगायतलाई हातपात गरेकाे सर्वोच्च अदालतका सुरक्षा प्रमुख एसपी विनोद सिलवालले बताएका छन् ।

अदालतमा  कर्मचारीमाथि अपशब्द प्रयोग गरेपछि प्रहरीले रोक्न खोज्दा चौधरीले प्रहरीमाथि उल्टै जाइलागेकी थिइन् ।

पक्राउ परेकी चौधरीलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबारमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया