महिला एशिया कप: आज नेपाल पाकिस्तानसँग भिड्दै


काठमाडौं – जारी महिला एशिया कपमा विजयी सुरुआत गरेको नेपालले आज पाकिस्तानको सामना गर्दै छ।

आज साँझ ७: १५ बजेदेखि सुरू हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो।

नेपालले समूह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो। समूह ए अन्तर्गत आजै भारत र युएई अपराहन्न २: १५ बजेदेखि खेल्दै छन्।

समूह ए मा भारत र नेपाल २-२ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र युएईले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन्।

नेपालले समूह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया