
आज यी जिल्ला भएर बग्ने नदीमा बाढीको जोखिम, सचेत रहन आग्रह
काठमाडौं- अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीमा पनि जलसतह बढ्दो हुनेछ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत बढ्दो हुने महाशाखाको अनुमान छ ।
आज सङ्खुवासभा, कास्की, लमजुङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व, अछाम, डोटी, बैतडी, डडेलधुरा र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।
यस्तै, सोलुखुम्बु, सिन्धुली, उदयपुर, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवा, गोरखा, चितवन, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, कालीकोट र दार्चुला भई बहने अधिकांश साना नदीमा समेत बहाव बढ्ने महाशाखाको अनुमान छ ।





कागजपत्र |