कलंकीको वर्गर हाउसले अनलाइन अर्डर गर्ने ग्राहकलाई अस्वस्थ्यकर खाजा पठाएपछि…


काठमाडौं- कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनले ग्राहकलाई अस्वस्थ्यकर खाजा पठाएको पाइएको छ । असार २६ गते अनलाइन मः मः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको हो ।

अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले सो विषयमा काठमाडौं महानगरमा जानकारी गराएपछि । सोही जानकारीपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम वर्गर हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ।

उजुरीको छानविनका लागि कार्यालयमा बोलाइएका वर्गर हाउसका सञ्चालक बिक्रम गिरीले म:म: स्को अचारमा गन्ध आएको स्वीकार गरेका थिए ।

 

प्रतिक्रिया