
मौद्रिक नीति पास गर्न भोलि राष्ट्र बैंकको बोर्ड बैठक बस्दै
काठमाडौं – आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक शुक्रबार (भोलि) बिहान बस्ने भएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । तर, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति अर्को हप्तासम्म सर्न सक्ने बताईएको छ ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् ।
त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।



कागजपत्र |
