प्रधानमन्त्री ओलीको प्रमुख स्वकीय सचिवमा बज्राचार्य


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले बज्राचार्य बिहीबार प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

त्यसका साथै प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा उपमहासचिव बिष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् ।

त्यस्तै वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् भने प्रधानमन्त्रीको स्वकीय सचीवालयमा रोशनी मेचे, दीपेन्द्र दाहाल र रामशरण बजगाई नियुक्त भएका छन् ।

 

प्रतिक्रिया