प्रधानमन्त्रीले ६ गते विश्वासकाे मत लिने, ७ गते सांसदहरूसँग सवालजवाफ गर्ने


काठमाडौं- प्रतिनिधिसभाको बैठकमा साउन ७ गते प्रधानमन्त्री केपी ओलीसँग सांसदहरूसँग प्रश्नोउत्तर हुने भएको छ ।

आज सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डले बताए ।

शुक्रबार कार्यतालिका प्रस्ताव गरेर कार्यव्यवस्थाबाट त्यो स्वीकृत हुने उनले बताए । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोउत्तर गर्ने कार्यक्रम पनि तय भएको छ

प्रतिक्रिया