
चितवनमा गुगल म्यापका लागि आएको गाडीमाथि भएको थियो आगजनी
काठमाडौं – बुधबार दिउँसो चितवनका स्थानीयले रेलमार्गको सर्भेका लागि आएको ठानेर आगजनी गरेको गाडी अर्कै प्रयोजनका लागि आएको खुलेको छ।
उक्त गाडी रेलमार्गको सर्भेका लागि नभई गुगल म्याप अपडेटको लागि आएको आरएस इन्जिनियरिङ सोलुसन्स प्रालिको रहेको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले जानकारी दिए।
स्थानीयले प्रहरीकै अगाडि भरतपुर महानगरपालिका– ७ मा बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरिदिएका थिए।
रेलमार्गको योजना उक्त स्थानबाट सार्नुपर्ने माग गर्दै विगतदेखि नै स्थानीयहरू विरोधमा थिए। तर, बुधबार उक्त टोली सर्भेका लागि आएको हल्लैहल्लामा स्थानीयले आगजनी गरिदिएका हुन्।



कागजपत्र |
