चितवनमा रेलमार्ग सर्भे गर्न पुगेको टोलीको गाडीमा आगजनी


काठमाडौं – चितवनमा रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमा आगजनी गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ का स्थानीयले रेलमार्गको सर्भे गर्न पुगेका कर्मचारीको टोली चढेको गाडीमा आगजनी गरेका हुन् । भरतपुर ७ मा पुगेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम रेलमार्ग निर्माण गर्नका लागि अहिले टोली चितवन क्षेत्रको सर्भेमा छ । टोलीले हेटौंडादेखि बर्दघाटसम्मको सर्भे गर्ने कार्यक्रम रहेको थियो । स्थानीयले बस्तीबाट रेलमार्ग नबनाउन माग गर्दै आएका छन् ।

 

प्रतिक्रिया