

नेपालमा हिटलरको उदय भयो, सबैमाथि खड्ग चलाए- डा.बाबुराम भट्टराई

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले नेपालमा हिटलरको उदय भइरहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दै भट्टराइले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाएको भन्दै नेपालमा हिटलरको उदय भएको बताएका हुन् ।
हिट्लरबारेको चर्चित भनाइ उल्लेख गर्दै आइतबार भट्टराईले ट्विट गर्दै सबै होसियार हुनुपर्ने बेला आएको बताए । उनले ओलीको ज्याजतीविरुद्ध बोल्न ढिला भएको भन्दै हिटलरको चर्चित भनाई समेत उल्लेख गरेका हुन् ।
‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनँ, अन्त्यमा उनीहरू म बिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बॉकी थिएन’, भट्टराइले लेखेका छन् ।
हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅ;…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाॅकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ!उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ!होशियार!
— Baburam Bhattarai (@brb1954) March 21, 2021

