शुभेच्छुकलाई प्रधानमन्त्रीको ओलीको आग्रह, ‘म्यासेन्जरबाटै शुभकामना पठाउनु’


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रत्यक्ष भेटेर बधाइ दिन नआउन शुभेच्छुकहरुलाई आग्रह गरेका छन्।

ओलीले सामाजिक सञ्जाललमा आज बिहान एक स्टाटस लेख्दै भनेका छन्, ‘शुभ प्रभात, विभिन्न माध्यमबाट शुभकामना र बधाइका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु।’

गत सोमबार ४५औँ प्रधानमन्त्री बनेका ओलीलाई शुभेच्छुकहरु बधाइ दिन बालुवाटार पुगेका छन्। मंगलबार दिनभर पनि उनी बधाई थाप्नै व्यस्त रहे।


 

 

प्रतिक्रिया