रेखाले फेरी बढाईन् राप्रपामा सक्रियता


काठमाडौं – अभिनेत्री रेखा थापा ६ महिनाको अन्तरालपछि फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीमै सक्रिय बनेकी छन् ।

उनी बच्चा जन्माउन अमेरिका गएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसित मनमुटाव भएको थियो । रेखा ६ दिन अगाडि राप्रपाको आन्दोलन परिचालन कमिटीको बैठकमा सहभागी भएको पार्टी स्रोतले बतायो । उनले राप्रपा अध्यक्षप्रति आफ्नो समर्थन जनाएकी थिइन् ।

‘अध्यक्ष हाम्रो अभिभावक हो, हामी सबैले उहाँलाई सघाउनुपर्छ’, रेखाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । अध्यक्ष लिङदेनको प्यानलबाट महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेकी रेखाले कुन्ती शाहीसँग पराजय व्यहोरेकी थिइन् । पार्टीभित्र दुई गुट हुँदा उनले अध्यक्षलाई नै साथ दिँदै आइन् । तर, पार्टीलाई जानकारी नदिइकन अमेरिका गएपछि अध्यक्ष लिङदेनले उनीप्रति सार्वजनिक रुपमै असन्तुष्टि पोखेका थिए ।

रेखा हाल राप्रपाको कार्यसम्पादन समिति र केन्द्रीय समिति सदस्य छिन् ।

प्रतिक्रिया