गंगालालमा २ महिनाकी बालिकाको महाधमनी स्थानान्तरण शल्यक्रिया सफल


काठमाडौँ – बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा दुई महिनाकी बालिकाको महाधमनी स्थानान्तरण शल्यक्रिया सफल भएको छ । १७ असारमा ती बालिकाको शल्यक्रिया गरिएको थियो ।

बालमुटुरोग शल्यचिकित्सक डा. रवीन्द्र भक्त तिमलाको नेतृत्वमा भएको उक्त शल्यक्रियामा डा. मारिसा अर्याल, डा. विशाल सिंह, डा. बटु श्रेष्ठ लगायतका चिकित्सक संलग्नता थियो ।

बाल मुटुरोग शल्यचिकित्सक डा. रवीन्द्र भक्त तिमलाका अहिलेसम्म २० जना बालबालिकाको महाधमनीको स्थानान्तरण सफल भइसकेको छ । मुटुबाट निस्कने दुई मूल रगतका नलीहरू विपरीत कोष्ठबाट निस्केमा महाधमनी स्थानान्तरण शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

यस शल्यक्रियामा धमनीहरू काटेर अर्कोसँग जोडिन्छ । यसको साथै मुटुबाट निस्कने मुटुकै आफ्नै रक्तनली पनि काटेर अर्को धमनीसँग जोडिने र मुटु भित्रको रहेको पनि टाल्नुपर्ने डा. तिमलाले जनाकारी दिए ।

डा. तिमलाका अनुसार ब्राजिलका शल्यचिकित्सक जटीनीद्वारा विश्वमा पहिलो पटक सन् १९९५ मा महाधमनी स्थानान्तरण शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया